नेपाल राष्ट्र बैंक – द्वितीय पत्र (Second Paper)
अभ्यास सेट – ०२
विषय: अर्थशास्त्र, व्यवस्थापन र बैंकिङ कानुन
पूर्णाङ्क: १०० | समय: ३ घण्टा
१. भुक्तानी सन्तुलन (Balance of Payments – BoP) भनेको के हो? नेपालमा भुक्तानी सन्तुलन प्रतिकूल हुनुका कारणहरू र यसलाई सुधार गर्ने उपायहरू चर्चा गर्नुहोस् । ३+७=१०
What is Balance of Payments (BoP)? Discuss the reasons for unfavorable BoP in Nepal and the measures to improve it.💡 सुझाव (१० अङ्क):
कुनै देशको बाँकी विश्वसँगको वित्तीय कारोबारको व्यवस्थित अभिलेख BoP हो भनी लेख्नुहोस्। प्रतिकूल हुनुमा आयातको बाहुल्यता र निर्यातको कमीलाई मुख्य कारण मान्दै पर्यटन विकास र स्वदेशी उत्पादनमा जोड दिने उपायहरू लेख्नुहोस्।
२. वित्त नीति (Fiscal Policy) का प्रमुख उपकरणहरू के-के हुन्? आर्थिक वृद्धि र मूल्य स्थिरता कायम गर्न वित्त नीतिको भूमिका उल्लेख गर्नुहोस् । ४+६=१०
What are the major instruments of Fiscal Policy? Mention the role of fiscal policy in maintaining economic growth and price stability.💡 सुझाव (१० अङ्क):
कर (Tax), सार्वजनिक खर्च (Public Expenditure), र सार्वजनिक ऋण (Public Debt) लाई उपकरणको रूपमा व्याख्या गर्नुहोस्। सरकारले बजेट मार्फत कसरी लगानी प्रोत्साहन र उपभोग नियन्त्रण गर्छ भन्ने पक्ष खुलाउनुहोस्।
३. नेपालको बैंकिङ क्षेत्रमा तरलता अभाव (Liquidity Crunch) का प्रमुख कारणहरू के-के हुन्? यसले अर्थतन्त्रमा पार्ने प्रभावबारे चर्चा गर्नुहोस् । ५+५=१०
What are the major causes of liquidity crunch in Nepal’s banking sector? Discuss its impact on the economy.💡 सुझाव (१० अङ्क):
सरकारी खर्च सुस्त हुनु, रेमिट्यान्स आप्रवाह घट्नु, र निक्षेप भन्दा कर्जा प्रवाह बढी हुनु जस्ता कारणहरू लेख्नुहोस्। प्रभावमा ब्याजदर वृद्धि, लगानीमा संकुचन र आर्थिक वृद्धिदरमा गिरावटलाई समेट्नुहोस्।
४. नेतृत्व (Leadership) भन्नाले के बुझिन्छ? एक कुशल बैंक म्यानेजरमा हुनुपर्ने गुणहरू बारे चर्चा गर्नुहोस् । ३+७=१०
What is meant by Leadership? Discuss the qualities required in an efficient bank manager.💡 सुझाव (१० अङ्क):
साझा लक्ष्य प्राप्तिका लागि अरूलाई प्रभावित पार्ने कला नेतृत्व हो। गुणहरूमा निर्णय क्षमता, सञ्चार सीप, इमानदारी, प्राविधिक ज्ञान र समस्या समाधान गर्ने क्षमता उल्लेख गर्नुहोस्।
५. कार्य सम्पादन मूल्याङ्कन (Performance Appraisal) का विधिहरू उल्लेख गर्दै यसले कर्मचारीको वृत्ति विकास (Career Development) मा कसरी सहयोग पुऱ्याउँछ? ५+५=१०
Mention the methods of performance appraisal and how does it help in the career development of employees?💡 सुझाव (१० अङ्क):
360 Degree Feedback, MBO जस्ता विधिहरू लेख्नुहोस्। यसले तालिमको आवश्यकता पहिचान गर्ने, कमजोरी सुधार्ने अवसर दिने र पदोन्नतिको आधार तय गर्ने कुरा स्पष्ट पार्नुहोस्।
६. संगठनात्मक परिवर्तन (Organizational Change) भनेको के हो? कर्मचारीहरूले परिवर्तनको प्रतिरोध (Resistance) गर्नुका कारण र त्यसलाई व्यवस्थापन गर्ने उपायहरू लेख्नुहोस् । ३+४+३=१०
What is Organizational Change? Write the reasons for resistance to change by employees and ways to manage it.💡 सुझाव (१० अङ्क):
संरचना, प्रविधि वा संस्कृतिमा आउने परिमार्जन परिवर्तन हो। असुरक्षाको भावना र नयाँ सिक्ने झन्झटले प्रतिरोध हुन्छ। यसलाई सञ्चार, सहभागिता र तालिम मार्फत समाधान गर्न सकिन्छ भनी लेख्नुहोस्।
७. नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम गभर्नरको नियुक्ति, पदमुक्त हुने अवस्था र रिक्त पदपूर्ती सम्बन्धी व्यवस्था उल्लेख गर्नुहोस् । १०
Mention the provisions regarding the appointment, removal, and vacancy fulfillment of the Governor as per the NRB Act, 2058.💡 सुझाव (१० अङ्क):
दफा १५ (नियुक्ति प्रक्रिया), दफा २१ (सिफारिस समिति) र दफा २२ (पदमुक्त हुने आधारहरू – जस्तै: कार्यक्षमताको अभाव, फौजदारी कसुर) का कानुनी बुँदाहरू स्पष्ट लेख्नुहोस्।
८. बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (BAFIA), २०७३ अनुसार बैंकले गर्न नहुने कार्यहरू (Prohibited Acts) के-के हुन्? विस्तृतमा लेख्नुहोस् । १०
What are the prohibited acts for banks as per BAFIA, 2073? Write in detail.💡 सुझाव (१० अङ्क):
दफा ५० का बुँदाहरू उल्लेख गर्नुहोस्। व्यापार गर्ने उद्देश्यले सामान खरिद-बिक्री गर्न नहुने, घरजग्गा कारोबार (आफ्नो बाहेक) गर्न नहुने, र अन्य वित्तीय संस्थाको शेयर खरिदमा रहेका प्रतिबन्धहरू लेख्नुहोस्।
९. विनिमय अधिकारपत्र ऐन, २०३४ अनुसार ‘चेक’ (Cheque) र ‘विनिमय पत्र’ (Bill of Exchange) बीचका ५ वटा मुख्य भिन्नताहरू उल्लेख गर्नुहोस् । १०
Mention 5 main differences between ‘Cheque’ and ‘Bill of Exchange’ as per the Negotiable Instruments Act, 2034.💡 सुझाव (१० अङ्क):
तालिका बनाएर भिन्नता देखाउनुहोस्: १. खिचिने पक्ष (बैंक vs व्यक्ति), २. भुक्तानी समय (माग हुनासाथ vs तोकिएको समय), ३. रेखांकन (Crossing), ४. स्वीकारोक्ति (Acceptance), ५. ग्रेस डेज (Grace days)।
१०. बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अनुसार ‘ढुकुटी’ को कारोबार गर्नुलाई किन कसुर मानिएको हो? यसमा हुने सजायबारे चर्चा गर्नुहोस् । १०
Why is ‘Dhukuti’ transaction considered an offence under the Banking Offence and Punishment Act, 2064? Discuss the punishments.💡 सुझाव (१० अङ्क):
यो अनौपचारिक र असुरक्षित वित्तीय कारोबार भएकोले अर्थतन्त्रमा जोखिम ल्याउँछ भनी पुष्टि गर्नुहोस्। ऐनको दफा १४ अनुसार बिगो जफत, बिगो बमोजिमको जरिवाना र कैद सजायको व्यवस्था लेख्नुहोस्।