नेपाल राष्ट्र बैंक – २०७९ (Full Paper)
सहायक द्वितीय (Level 4) | प्रथम पत्र
१. नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले राष्ट्र बैंकका के-कस्ता उद्देश्यहरू किटानी गरेको छ? सो ऐनअनुसार राष्ट्र बैंकले गर्न नहुने कामहरू के-के हुन्? उल्लेख गर्नुहोस् । ५+५=१०
What are the objectives of NRB specified in NRB Act, 2058? According to the Act, what are the prohibited functions of the Bank?💡 सुझाव र अङ्क भार (५+५):
दफा ४ का ३ उद्देश्यहरू र दफा ७ का ७ निषेधित कार्यहरू (व्यापार, घरजग्गा खरिद, वित्तीय सहयोग) स्पष्ट बुँदामा लेख्नुहोस्।
२. मौद्रिक नीति भनेको के हो? नेपालका बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालनका लागि मौद्रिक नीतिले के-कसरी टेवा पुऱ्याउँछ? उदाहरणसहित उल्लेख गर्नुहोस् । ४+६=१०
What is monetary policy? How does it support the operation of BFIs in Nepal? Mention with examples.💡 सुझाव र अङ्क भार (४+६):
CRR, SLR र Bank Rate जस्ता औजारहरूले बैंकको तरलता र लगानी क्षमतामा पार्ने प्रभावको उदाहरण दिनुहोस्।
३. वित्तीय साक्षरता भन्नाले के बुझिन्छ? आजकल बैंक सञ्चालनका सन्दर्भमा वित्तीय साक्षरता र डिजिटल साक्षरता किन उत्तिकै महत्वपूर्ण छन्? प्रष्ट पार्नुहोस् । २+८=१०
What is financial literacy? Why are financial and digital literacy equally important in today’s banking? Clarify.💡 सुझाव र अङ्क भार (२+८):
डिजिटल फ्रडबाट बच्न र बैंकिङ पहुँच विस्तार गर्न डिजिटल ज्ञानको अपरिहार्यता पुष्टि गर्नुहोस्।
४. शेयर र डिवेञ्चरमा के भिन्नता छ? बैंक तथा वित्तीय संस्थाले जारी गर्ने डिवेञ्चरको औचित्य तथा उपयोगबारे प्रकाश पार्नुहोस् । ४+६=१०
What is the difference between shares and debentures? Highlight the rationale and utility of debentures in BFIs.💡 सुझाव र अङ्क भार (४+६):
कम्तिमा ४ वटा भिन्नता लेख्नुहोस्। बैंकले पूँजी कोष (Capital Fund) बढाउन ऋणपत्र प्रयोग गर्ने कुरा खुलाउनुहोस्।
५. बैंक हिसाब मिलान विवरण भनेको के हो? बैंक हिसाब मिलान विवरण तयार गर्न किन आवश्यक हुन्छ? उदाहरणसहित उल्लेख गर्नुहोस् । ३+७=१०
What is BRS? Why is it necessary? Mention with examples.💡 सुझाव र अङ्क भार (३+७):
नगद किताब र पासबुक बीचको समय भिन्नता (Timing Difference) लाई उदाहरण मार्फत स्पष्ट पार्नुहोस्।
६. आन्तरिक नियन्त्रण प्रणालीलाई परिभाषित गर्दै यसका मुख्य विशेषताहरू लेख्नुहोस् । “आन्तरिक नियन्त्रण प्रणालीलाई कार्यालय व्यवस्थापनको मुख्य औजार भनिन्छ।” पुष्टि गर्नुहोस् । ३+२+५=१०
Define Internal Control System and write its features. Justify it as a major management tool.💡 सुझाव र अङ्क भार (३+२+५):
यसले संस्थाको सम्पत्ति सुरक्षा र गल्ती न्यूनीकरणमा कसरी सहयोग गर्छ भन्ने कुरामा जोड दिनुहोस्।
७. सरकारी लेखा प्रणाली र नेपाल सरकारले अपनाएको लेखामानबारे संक्षिप्तमा वर्णन गर्नुहोस् । ५+५=१०
Briefly describe Government Accounting System and NPSAS standards.💡 सुझाव र अङ्क भार (५+५):
नगदमा आधारित लेखा र NPSAS का मुख्य प्रावधानहरू छोटोमा चर्चा गर्नुहोस्।
८. यदि ५ पुरुष, १० महिला र १५ केटाहरूले दिनको १० घण्टाको दरले १४४ दिनमा काम पूरा गर्दछन् भने ८ पुरूष, ८ महिला र ८ केटाहरूले दिनको १२ घण्टाको दरले सोही काम कति दिनमा पूरा गर्लान्? (क्षमता ३:२:१) ५
Time and Work: How many days will 8M, 8W, and 8B take to complete work working 12h/day? (Ratio 3:2:1)💡 सुझाव (५ अङ्क):
सबैको क्षमतालाई Boy युनिटमा बदल्नुहोस् (1M=3B, 1W=2B)। M1D1H1=M2D2H2 सूत्र लगाउनुहोस्।
९. रामले वैशाख १ र कार्तिक १ मा रू. १६०० जम्मा गर्छ। बैंकले अर्धवार्षिक ५% चक्रवृत्ति ब्याज दिन्छ भने एक वर्षको अन्त्यमा कति ब्याज पाउँछ? ५
Compound Interest: Semi-annual 5% interest on two deposits of Rs. 1600. Find total interest.💡 सुझाव (५ अङ्क):
पहिलो १६०० मा २ अर्धवार्षिक र दोस्रो १६०० मा १ अर्धवार्षिक अवधिको ब्याज निकाल्नुहोस्।
१०. ५० किताब माग गर्दा ५५ वटा पठाएछ। ७.५% व्यापारिक छुट दिइएको थियो भने खुद्रा व्यापारीलाई जम्मा कति प्रतिशत छुट भयो? ५
Calculate total discount percentage if 55 books sent instead of 50 with 7.5% trade discount.💡 सुझाव (५ अङ्क):
५ वटा सित्तैमा आएको किताबको ‘Value’ लाई पनि छुटको रूपमा जोडेर कुल छुट प्रतिशत निकाल्नुहोस्।
११. तल दिइएको तथ्यांकबाट मध्यिका निकाल्नुहोस्। यदि मध्यक ४ रहेछ भने रित कति हुन्छ? ३+२=५
Find Median and Mode (given Mean=4) from the following frequency distribution.X: 1, 2, 3, 4, 5, 6 | f: 10, 8, 11, 9, 6, 5
💡 सुझाव (३+२):
Median को लागि ‘cf’ तालिका बनाउनुहोस्। Mode=3 Median – 2 Mean सूत्र प्रयोग गर्नुहोस्।
१२. नेटवर्क सञ्चारमा Internet, Intranet र Extranet बीचको भिन्नता प्रष्ट पार्नुहोस्। ५
Differentiate among Internet, Intranet and Extranet in network communication.💡 सुझाव (५ अङ्क):
पहुँच (Access), सुरक्षा र प्रयोगकर्ताको आधारमा एउटा तुलनात्मक तालिका (Table) बनाउनुहोस्।
१३. इमेल र इन्टरनेटको सुरक्षित प्रयोगका लागि आधारभूत दिशानिर्देशहरू के-के हुन्? ५
What are the basic guidelines for secure use of email and internet?💡 सुझाव (५ अङ्क):
पासवर्ड सुरक्षा, फिसिङ इमेल चिन्नु, र सार्वजनिक वाइफाइ प्रयोगमा सावधानी जस्ता बुँदाहरू उल्लेख गर्नुहोस्।