Skip to content

First Paper 4

NRB Assistant II – Practice Set 04

नेपाल राष्ट्र बैंक – अभ्यास सेट ०४ (Full Set)

प्रथम पत्र: बैंकिङ, लेखा, गणित र कम्प्युटर

पूर्णाङ्क: १०० | समय: ३ घण्टा

खण्ड “क” (Banking) ४० अङ्क
१. नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम बैंकको गभर्नर, डेपुटी गभर्नर र सञ्चालकको नियुक्ति सम्बन्धी व्यवस्था बारे चर्चा गर्नुहोस् । १०
Discuss the provisions regarding the appointment of the Governor, Deputy Governor, and Directors as per the NRB Act, 2058.
२. बाणिज्य बैंकले सम्पादन गर्ने प्रमुख कार्यहरू उल्लेख गर्नुहोस् । आधुनिक बैंकिङमा ‘एजेन्सी कार्य’ (Agency Functions) को महत्व किन छ? ५+५=१०
Mention the major functions performed by commercial banks. Why are ‘Agency Functions’ important in modern banking?
३. निक्षेपको परिभाषा दिनुहोस् । निक्षेप परिचालन (Deposit Mobilization) मा बैंकहरूले भोग्नुपरेका वर्तमान चुनौतीहरू उल्लेख गर्नुहोस् । ३+७=१०
Define deposit. Mention the current challenges faced by banks in deposit mobilization.
४. शोधनान्तर स्थिति (Balance of Payments) भन्नाले के बुझिन्छ? नेपालको शोधनान्तर स्थिति बचत वा घाटामा हुनुका प्रमुख कारणहरू लेख्नुहोस् । ३+७=१०
What is meant by Balance of Payments (BOP)? Write the major reasons for the BOP surplus or deficit in Nepal.
खण्ड “ख” (Accounting) ३० अङ्क
५. लेखाका प्रमुख सिद्धान्तहरू (Accounting Principles) बारे चर्चा गर्नुहोस् । रूढीवादी सिद्धान्त (Principle of Conservatism) बैंकिङमा किन बढी महत्वपूर्ण छ? ६+४=१०
Discuss the major principles of accounting. Why is the Principle of Conservatism more important in banking?
६. सन्तुलन परीक्षण (Trial Balance) को उद्देश्य के हो? सन्तुलन परीक्षण नमिलेमा गल्तीहरू पत्ता लगाउने प्रक्रिया उल्लेख गर्नुहोस् । ३+७=१०
What is the objective of a Trial Balance? Mention the procedure for locating errors if the trial balance does not agree.
७. सरकारी लेखा प्रणालीका विशेषताहरू लेख्नुहोस् । सरकारी लेखा र व्यापारिक लेखा बीचका भिन्नताहरू उल्लेख गर्नुहोस् । ५+५=१०
Write the features of the government accounting system. Mention the differences between government and commercial accounting.
खण्ड “ग” (Mathematics) २० अङ्क
८. एउटा सामानको अङ्कित मूल्यमा १०% छुट दिँदा रू. ५,४०० मा बिक्री गरिन्छ भने सो सामानको अङ्कित मूल्य कति होला? यदि छुट नदिई सोही सामान बेचिएको भए २०% नाफा हुने थियो भने लागत मूल्य कति होला?
An item is sold for Rs. 5,400 after a 10% discount on its marked price. What is the marked price? If sold without discount, there would have been a 20% profit, find the cost price.
९. ५ वर्षमा कुनै सावाँको साधारण ब्याज सो सावाँको २/५ भाग हुन्छ भने ब्याजदर पत्ता लगाउनुहोस् ।
The simple interest on a sum of money for 5 years is 2/5 of the principal. Find the rate of interest.
१०. पाइप र ट्याङ्की: पाइप A ले एउटा ट्याङ्की १० घण्टामा भर्न सक्छ र पाइप B ले सोही ट्याङ्की १५ घण्टामा खाली गर्न सक्छ। यदि दुवै पाइप एकैसाथ खोलियो भने ट्याङ्की कति समयमा भरिएला?
Pipe A can fill a tank in 10 hours and Pipe B can empty it in 15 hours. If both are opened together, in how much time will the tank be filled?
११. ५ वटा संख्याहरूको मध्यिका १८ छ। यदि प्रत्येक संख्यालाई २ ले गुणन गर्ने र ३ जोड्ने हो भने नयाँ मध्यिका कति होला? प्रमाणित गर्नुहोस्।
The median of 5 numbers is 18. If each number is multiplied by 2 and 3 is added, what will be the new median? Prove it.
खण्ड “घ” (Computer) १० अङ्क
१२. कम्प्युटर मेमोरीका प्रकारहरू बारे चर्चा गर्नुहोस् । RAM र ROM बीचका मुख्य ५ वटा भिन्नताहरू लेख्नुहोस् ।
Discuss the types of computer memory. Write 5 main differences between RAM and ROM.
१३. कम्प्युटर भाइरस भनेको के हो? यसका लक्षणहरू र यसबाट बच्ने उपायहरू उल्लेख गर्नुहोस् ।
What is a computer virus? Mention its symptoms and preventive measures.
Check Solution
💬
Ask Banking AI
GPT-4 Powered
NEW
🏦

Banking AI Pro

AI Connected
🚀

Banking Intelligence Hub

Ask me anything about banking, investments, or financial planning in Nepal.

AI is analyzing your query...