First Paper 5
नेपाल राष्ट्र बैंक – अभ्यास सेट ०५ (Full Set)
प्रथम पत्र: बैंकिङ, लेखा, गणित र कम्प्युटर
पूर्णाङ्क: १०० | समय: ३ घण्टा
खण्ड “क” (Banking) ४० अङ्क
१. नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम बैंकको गभर्नर, डेपुटी गभर्नर र सञ्चालकको पद रिक्त हुने अवस्थाहरू के-के हुन्? विस्तृतमा लेख्नुहोस् । १०
What are the circumstances under which the office of the Governor, Deputy Governor, and Directors shall be vacant as per the NRB Act, 2058? Write in detail.२. ‘क’ वर्गका बाणिज्य बैंकहरूका लागि नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी सम्बन्धी व्यवस्था के छ? बैंकहरू मर्जर र एक्विजिसनमा जानुका मुख्य कारणहरू उल्लेख गर्नुहोस् । ३+७=१०
What is the provision regarding the minimum paid-up capital for ‘A’ class commercial banks as fixed by NRB? Mention the main reasons for banks to go for Merger and Acquisition.३. विद्युतीय बैंकिङ (Electronic Banking) भनेको के हो? नेपालमा विद्युतीय बैंकिङका विभिन्न माध्यमहरू उल्लेख गर्दै यसका जोखिमहरू बारे चर्चा गर्नुहोस् । २+४+४=१०
What is Electronic Banking? Mention the various mediums of e-banking in Nepal and discuss its risks.४. खुला बजार सञ्चालन (Open Market Operation) भनेको के हो? तरलता व्यवस्थापनमा यसको भूमिका प्रष्ट पार्नुहोस् । ४+६=१०
What is Open Market Operation (OMO)? Clarify its role in liquidity management.खण्ड “ख” (Accounting) ३० अङ्क
५. लेखा परीक्षण (Audit) भनेको के हो? आन्तरिक लेखा परीक्षण र बाह्य लेखा परीक्षण बीचका ५ वटा मुख्य भिन्नताहरू उल्लेख गर्नुहोस् । ३+७=१०
What is an Audit? Mention 5 main differences between Internal Audit and External Audit.६. सानो नगदी कोष (Petty Cash Fund) भनेको के हो? अमानत प्रणाली अन्तर्गत यसको सञ्चालन कसरी गरिन्छ? उदाहरणसहित प्रष्ट पार्नुहोस् । ३+७=१०
What is a Petty Cash Fund? How is it operated under the Imprest System? Clarify with examples.७. आयमूलक प्राप्ति र पूँजीगत प्राप्ति बीचको भिन्नता उदाहरणसहित उल्लेख गर्नुहोस् । १०
Mention the difference between Revenue Receipt and Capital Receipt with examples.खण्ड “ग” (Mathematics) २० अङ्क
८. एउटा टेलिभिजनको मूल्यमा १५% छुट दिएपछि १३% भ्याट जोड्दा रू. ४८,०२५ मा बिक्री गरिन्छ भने सो टेलिभिजनको अङ्कित मूल्य कति होला? ५
After allowing a 15% discount and adding 13% VAT, a television is sold for Rs. 48,025. Find the Marked Price of the television.९. यदि कुनै सावाँको ५ वर्षको साधारण ब्याज सो सावाँको १/४ भाग हुन्छ भने सोही ब्याजदरमा कति वर्षमा सो सावाँको साधारण ब्याज सावाँ बराबर होला? ५
If the simple interest on a sum for 5 years is 1/4 of the principal, in how many years will the simple interest be equal to the principal at the same rate?१०. औसत: १० जना विद्यार्थीहरूको औषत तौल ३५ केजी छ। यदि शिक्षकको तौल थप्दा औषत तौल ४ केजीले बढ्छ भने शिक्षकको तौल कति होला? ५
The average weight of 10 students is 35 kg. If the teacher’s weight is added, the average weight increases by 4 kg. Find the weight of the teacher.११. एउटा घैँटोको २/५ भाग पानीले भरिएको छ। यदि थप ६० लिटर पानी हाल्दा पुरै भरिन्छ भने सो घैँटोको जम्मा क्षमता कति होला? ५
A jar is 2/5 full of water. If 60 more liters of water is added, the jar becomes full. Find the total capacity of the jar.खण्ड “घ” (Computer) १० अङ्क
१२. इमेल भनेको के हो? बैंकिङमा इमेलको प्रयोग गर्दा ‘CC’ र ‘BCC’ बीचको भिन्नता प्रष्ट पार्नुहोस् । ५
What is E-mail? Clarify the difference between ‘CC’ and ‘BCC’ while using email in banking.१३. ‘Cyber Law’ भन्नाले के बुझिन्छ? नेपालको विद्युतीय कारोबार ऐन, २०६३ का मुख्य उद्देश्यहरू उल्लेख गर्नुहोस् । ५
What is meant by Cyber Law? Mention the major objectives of the Electronic Transactions Act, 2063 of Nepal.